श्रीकृष्ण देवकोटा

श्रीकृष्ण देवकोटा


निमित्त कार्यालय प्रमुख

9857824312

udyogsalyan@gmail.com
ध्रुब बहादुर खत्री

ध्रुब बहादुर खत्री


सूचना अधिकारी

९८५७८८४९८४

udyogsalyan@gmail.com

परिचय

संघिय गणतन्त्र नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने १० वटा जिल्ला मध्ये सल्यान जिल्ला एक पहाडी जिल्लाकाे रुपमा परिचित छ । महाभारत श्रृङखलाको मध्य भागमा अवस्थित सल्यान जिल्ला प्राकृतिक सम्पदा र धार्मिक रुपले महत्तवपूर्ण मानिन्छ । गुणस्तरिय अदुवा र अमिलो जातको फलफुल, आलु, जडीबुटी, माैसमी तथा बेमाैसमी तरकारी यहाँको मुख्य उत्पादनका वस्तु हुन । कुपिन्डेदह ताल यहाँकाे मुख्य पर्यटकिय स्थलको रुपमा परिचित छ । यसका अतिरिक्त खैरावाङ भगवतिको मन्दिर, लक्ष्मिपुर शक्तिपिठ, छायाँक्षेत्र मन्दिर, कालिमाटी गंगामाला मन्दिर, मुलखोला शिवगुफा तथा कृष्ण मन्दिर देवस्थल यहाँको महत्तवपूर्ण धार्मिक स्थलको रुपमा रहेका छन् । विभिन्न जडिवुटी, पशुपंक्षि, ताल तलैया, झरना खोला आदिले भरिएको यस जिल्लाकाे प्रमुख नदि शारदा हो । यस नदिको फांंटहरुमा धान, गहुँ, मकै, तोरी तथा अन्य नगदे वालीहरुको उत्पादन हुने गर्दछ । जनगणना २०६८ अनुसार २,४२,४४४ जनसंख्या भएको यस जिल्लाकाे जिल्ला सदरमुकाम मध्ये भागमा अवस्थित खलंगा हो । वर्तमान संरचना अनुसार ७७ जिल्ला मध्ये यस जिल्लामा संघिय निर्वाचन क्षेत्र १ र प्रदेश निर्वाचन क्षेत्र २ वटा रहेका छन् भने ३ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरि १० स्थानिय तहमा विभाजित यस जिल्लाको पूर्वमा रोल्पा, पश्चिममा सुर्खेत र बर्दिया, उत्तरमा जाजरकोट र रुकुम, पश्चिम दक्षिणमा दाङ र बाके जिल्ला पर्दछन् ।

तस्विर संग्रह